सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १२ को परीक्षा दिइरहेका फरार अभियुक्त पक्राउ

शुक्रबार, २९ वैशाख २०८०, १० : ०६
शुक्रबार, २९ वैशाख २०८०

रौतहट । कर्तव्य ज्यान मुद्दामा फरारको  सूचीमा रहेर हेटौँडामा कक्षा १२ को परीक्षा दिइरहेका एक जना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय वृन्दावन नगरपालिका ३ का भोजिन्द्र राय यादवको छोरा वर्ष २२ को विवेक यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए। 

हेटौडा स्थित  बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षा दिई रहेको भनी गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी सँग समन्वय गरी  अभियुक्त विवेक  यादवलाई पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिएका छन्। 

अभियुक्त यादवलाई आवश्यक कारबाहीको लागी सम्मानित  जिल्ला अदालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप