कक्षा १२ को परीक्षा दिइरहेका फरार अभियुक्त पक्राउ
शुक्रबार, २९ वैशाख २०८०, १० : ०६
रौतहट । कर्तव्य ज्यान मुद्दामा फरारको सूचीमा रहेर हेटौँडामा कक्षा १२ को परीक्षा दिइरहेका एक जना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय वृन्दावन नगरपालिका ३ का भोजिन्द्र राय यादवको छोरा वर्ष २२ को विवेक यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए।
हेटौडा स्थित बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षा दिई रहेको भनी गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी सँग समन्वय गरी अभियुक्त विवेक यादवलाई पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिएका छन्।
अभियुक्त यादवलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
-
रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
-
महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्न सभापति लामिछानेको आग्रह
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण