कालोपत्रे नगरेको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध
धनगढी । निर्माणाधीन सडक धुलाम्मे भएको भन्दै सडक अवरुद्ध पारिएको छ । कैलालीको धनगढी–दिपायल फास्ट ट्र्याक अन्तर्गत गोदावरी नगरपालिकाको स्याउलेमा सडक अवरुद्ध गरिएको हो ।
सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेबी निर्माण कम्पनीले निर्माणाधीन सडक धुलाम्मे हुँदा पनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै अवरुद्ध गरेका हुन् ।
स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले सो सडकमा दिनहुँ सयौँ गाडीहरू गुड्ने र सडक धुलोले गर्दा आफूहरूको व्यापार व्यवसाय चौपट भइरहेको र सडक आसपासको स्थानीयलाई बस्न पनि गाह्रो भएको बताए ।
धुलो नियन्त्रण नहुँदासम्म सडक अवरुद्ध गर्ने बताउँदै उनले स्कुल बस, एम्बुलेन्स लगायतका इमरजेन्सी सवारी साधनहरू भने सञ्चालन हुन दिइने बताए ।
सो सडक तत्काल कालोपत्रे नगरे पनि दैनिक पानी हालेर धुलो उड्न नदिने बनाउनुपर्ने स्थानीयको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण