आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा शुक्रवार नै सार्वजनिक हुने भएको छ । समय एकिन नभए पनि आजै मौद्रिक नीतिको समीक्षा जारी हुने गरी राष्ट्र बैङ्क सञ्चालक समितिको बैठक बसिरहेको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘बिहान करिब ९ बजेदेखि बसेको सञ्चालक समिति (बोर्ड) को बैठक अहिले पनि राष्ट्र बैङ्कमा जारी रहेको छ । बोर्डको बैठक लगत्तै १–२ घण्टामा मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुन्छ’ पोखरेलले रातोपाटीसँग बताए ।
खुकुलो मौद्रिक नीतिका लागि अर्थमन्त्रीको निरन्तरको दबाबका बीच तेस्रो त्रैमासको समीक्षामार्फत केही वित्तीय औजारहरूमा चलाउने योजना केन्द्रीय बैङ्कको छ । बैङ्कको ब्याजदर र बैङ्क तथा वित्तीय संस्थाहरूका लागि कारोबारमा केही सुविधा प्रदान गर्ने गरी मौद्रिक नीतिको समीक्षाको ड्राफ्ट तयार भएको बुझिएको छ ।
मौद्रिक नीतिको समीक्षाले यसअघिको सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को १२ करोडको सीमा समेत केही परिमार्जन गर्दै सीमा वृद्धि गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी
-
प्रदेश युवा सम्मेलन : जिम्मेवार नेतृत्वका लागि युवापुस्ताले काउन्टर दिनुपर्छ
-
प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल
-
फेवातालबाट ३ जना इजरायली पर्यटकको उद्दार