आज मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुने
काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा शुक्रवार नै सार्वजनिक हुने भएको छ । समय एकिन नभए पनि आजै मौद्रिक नीतिको समीक्षा जारी हुने गरी राष्ट्र बैङ्क सञ्चालक समितिको बैठक बसिरहेको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘बिहान करिब ९ बजेदेखि बसेको सञ्चालक समिति (बोर्ड) को बैठक अहिले पनि राष्ट्र बैङ्कमा जारी रहेको छ । बोर्डको बैठक लगत्तै १–२ घण्टामा मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुन्छ’ पोखरेलले रातोपाटीसँग बताए ।
खुकुलो मौद्रिक नीतिका लागि अर्थमन्त्रीको निरन्तरको दबाबका बीच तेस्रो त्रैमासको समीक्षामार्फत केही वित्तीय औजारहरूमा चलाउने योजना केन्द्रीय बैङ्कको छ । बैङ्कको ब्याजदर र बैङ्क तथा वित्तीय संस्थाहरूका लागि कारोबारमा केही सुविधा प्रदान गर्ने गरी मौद्रिक नीतिको समीक्षाको ड्राफ्ट तयार भएको बुझिएको छ ।
मौद्रिक नीतिको समीक्षाले यसअघिको सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को १२ करोडको सीमा समेत केही परिमार्जन गर्दै सीमा वृद्धि गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण