अटोमाइल्ससहित निर्माण क्षेत्रले पुनरकर्जा पाउने
काठमाडौँ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको छ महिना (दुई त्रयमास) सम्म लगातार ऋणात्मक आर्थिक वृद्धिमा जाने कम्पनी तथा क्षेत्रलाई पुनरकर्जाको व्यवस्था गर्ने भएको छ । बैंकले शुक्रवार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
केही हप्ता अघि मात्र राष्ट्रिय तथ्याङ्क कार्यालयले अघिल्ला दुई त्रैमासको वित्तीय स्थितिका आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर (जीडीपी) को सम्भावित प्रक्षेपण गरेको थियो । सोही प्रक्षेपणका आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरूसँग सम्बद्ध ऋणीहरूले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।
तथ्याङ्क कार्यालयको रिपोर्ट अनुसार उपभोग्य बजार मूल्यका आधारमा उद्योगतर्फ म्यनिफ्याक्चरिङ (उत्पादनमूलक उद्योग), कन्स्ट्रक्सन (निर्माण उद्योग), होलसेल तथा रिटेलर्स व्यापारका क्षेत्र, अटोमोबाइल्स सेक्टर ऋणात्मक वृद्धिमा गएका छन् । यहीँ क्षेत्रहरू २.१६ प्रतिशतदेखि २.९६ प्रतिशतसम्मले ऋणात्मक छन् । राष्ट्र बैंकले व्यवस्था गर्ने पुनरकर्जाको सुविधा यी क्षेत्रहरूले नै पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण