शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याजीविरुद्ध उजुरी दिनेको प्रशासन कार्यालयमा भिड

शुक्रबार, २९ वैशाख २०८०, १५ : ०६
शुक्रबार, २९ वैशाख २०८०

जनकपुरधाम । मधेस प्रदेशको ८ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको भिड लागेको छ । सुदखोर साहुहरुविरुद्ध उजुरी दिन मिटरब्याजी पीडितहरुको प्रशासन कार्यालयमा भिड लागेको हो । 

सरकारले तीन सदस्यीय आयोग गठन गरेर मीटरब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको १२ दिनमा ३ हजार ७६९ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले बताएका छन् । 

जसमा धनुषामा ८१३, सर्लाहीमा ६३८, पर्सामा ६००, सिरहामा ४४३, महोत्तरीमा ३९३, सप्तरीमा ३८२, बारामा ३०० र रौतहटमा २०० उजुरी दर्ता भएको प्रशासन कार्यालयका अधिकारीहरुले जनाएका छन् । 

आयोगले मिटरब्याज पीडितहरुलाई वैशाख १७ देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आग्रह गरेको थियो । यस्तै आयोगले ७ दिन म्याद थप गरेको छ । अब पीडितहरुले जेठ ७ गतेसम्म उजुरी दर्ता गराउनसक्ने छन् । त्यसपछि जिल्ला प्रशासन कार्यालयहरुले आयोगमा अध्यावधिक गर्नेछन् । 

आयोगले छानबिन गरी कारबाही प्रक्रिया अगाडी बढाउने छ । आयोग गठन हुनुभन्दा अगाडि पनि जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीहरु दर्ता गरिएका थिए । कतिपय उजुरीमाथि प्रशासनले मेलमिलाप गराएको बताइएको छ भने बाँकी उजुरीमा आयोगले नै छानबिन गर्ने जनाइएको छ । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप