२०८४ को निर्वाचनलक्षित ११ महिने कार्यक्रम घोषणा गर्ने एमालेको तयारी
काठमाडौँ । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि भावी योजना तथा पार्टी परिचलानका कार्यक्रम ल्याउने भएको छ । शुक्रबार जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ वटा समूहले दिने सुझावका आधारमा त्यस्ता कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिए । ‘केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत ८ समूहमा विभाजित गरेर भएको छलफलमा आआफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती सुझावका आधारमा बार्षिक कार्ययोजना बन्नेछ’, रिजालको भनाइ छ । दोस्रो दिनको बैठकमा आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेका थिए ।
प्रचार विभाग उपप्रमुख रिजालले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि सिंगो पार्टी परिचालन गर्नेगरी कार्ययोजना बनाइने गरी छलफल भइरहेको बताए । शुक्रबारको बैठकमा गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गरेपछि सवै प्रतिवेदनमा शनिबार समूहगत छलफल भएको हो ।
एमाले केन्द्रीय कमिटी बैठक बिहीबारबाट सुरु भएको हो । बैठक शनिबार सकिँदैछ । शनिबारको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक बसेर समूहगत छलफलका निष्कर्षलाई छुट्टयाएर आगामी कार्यक्रममा समेट्ने एमालेको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन : जिल्लान्तर र अन्तर-स्थानीय तह सरुवामा रोक
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण