पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू
मोरङ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गरे ।
मन्त्री लिम्बूले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक जात समुदाय बस्ने फूलबारी भएकाले नेपालीबीच मिलेर बस्ने वातावरण बनाउन गम्भीरतापूर्वक सोच्नुपर्ने सबै पक्षसँग आग्रह गरे । उनले हिंसाग्रत आन्दोलनले मुलुकको विकास गतिलाई ठप्प पार्ने भन्दै यस सम्बन्धमा पहिचानवादी आन्दोलन पक्षले गम्भीरतापूर्वक सोच्नुपर्नेमा जोड दिए । मन्त्री लिम्बूले पहिचानवादीले उठाएका माग सम्बोधन गरेमा मुलुकलाई शान्तिपूर्ण बाटोमा डोर्याउन सकिने धारणा राखे ।
उनले मोरङको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम ‘गिरिजा प्रसाद’ नामकरण गरी पूर्वाधार निर्माण चाँडै सम्पन्न गर्न सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा समेटने बताए । उनले खेलकुदका प्रशिक्षकहरु विगत २८ वर्षदेखि एकै पदमा रहेको र सरुवासमेत नभएको अवस्थामा आवश्यक ऐन संशोधन गरी आगामी बजेटपछि व्यवस्थापन गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण