बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षपछि रेलिगेसनमा पर्यो साउथएम्पटन

आइतबार, ३१ वैशाख २०८०, ०६ : ३५
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । १ सय ३० वर्षभन्दा लामो इतिहास बोकेको साउथएम्पटन अन्ततः इङ्लिस प्रिमियर लिग फुटबल तालिकाबाट रेलिगेसन (तल्लो डिभिजनमा झरेको) मा परेको छ । प्रिमियर लिगको शनिबार राति सम्पन्न खेलमा फुलहामसँग २—० गोलले पराजित भएसँगै साउथएम्पटन रेलिगेसनमा परेको हो ।

लगातार ११ वर्ष प्रिमियर लिगको माथिल्लो डिभिजनमा बसेर साउथएम्पटन रेलिगेसनमा परेको हो । साउथएम्पटन आफ्नो पछिल्लो खेलमा घरेलु मैदानमै पराजित भएको हो । उक्त खेलमा फुलहामले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ४८औं मिनेटमा फुलहामका लागि कार्लोस भिन्सियसले पहिलो गोल गरेका थिए । ७२औं मिनेटमा अलेक्जेन्डर मित्रोभिचले दोस्रो गोल थपेका थिए । खेलका क्रममा रेफ्रीलाई धकेलेको आरोपमा ८ खेलको प्रतिबन्ध भोगेर उनी पहिलो पटक मैदानमा ओर्लिएका हुन् ।

साउथएम्पटनले हालसम्म ३६ खेलबाट २४ अंक जोडेको छ । जारी सिजनको लिगमा साउथएम्पटनले अब २ खेलमात्र खेल्न बाँकी छ । बाँकी दुबै गोलमा विजयी भए पनि साउथएम्पटनको ३० अंकमात्र पुग्छ । जबकी तालिकाको १८औं स्थानमा आसिन लिड्स युनाइटेडकै ३१ अंक छ ।

सन् १८८५ मा स्थापना भएको क्लब साउथएम्पटनले सन् २०१२ पछि अब पहिलो पटक तल्लो डिभिजनमा झरेर च्याम्पियनसिप प्रतियोगिता खेल्नेछ । साउथएम्पटन र फुलहामबीचको खेल हेर्न बेलायती प्रधानमन्त्री रिसी सुनक पनि रंगशालामा उपस्थित थिए ।

जारी सिजनको लिगमा निराशाजनक प्रदर्शन गरेको साउथएम्पटन हालसम्म ६ खेलमा मात्र जित हासिल गर्न सकेको छ । ६ खेलमा बराबरीमा चित्त बुझाएको साउथएम्पटन २४ खेलमा पराजित भइसकेको छ ।

प्रिमियर लिग तालिकाबाट ३ वटा क्लब रेलिगेसनमा पर्ने प्रावधान छ । हाल साउथएम्पटनका अतिरिक्त लिड्स युनाइटेड र लेस्टर सिटी पनि रेलिगेसन क्षेत्रमा छन् । लेस्टर सिटी ३५ खेलबाट ३० अंक जोड्दै १९औं र लिड्स युनाइटेड ३६ खेलबाट ३१ अंक जोड्दै १८औं स्थानमा छन् ।

सन् १८८५ मा स्थापना भएको क्लब साउथएम्पटनले सन् २०१२ पछि अब पहिलो पटक तल्लो डिभिजनमा झरेर च्याम्पियनसिप प्रतियोगिता खेल्नेछ । साउथएम्पटन र फुलहामबीचको खेल हेर्न बेलायती प्रधानमन्त्री रिसी सुनक पनि रंगशालामा उपस्थित थिए ।

_129721383_gettyimages-1489772428

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप