अनुमतिबिना रुख काटेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ
आइतबार, ३१ वैशाख २०८०, ०९ : २६
उदयपुर । अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् । कटारी–३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ परेका हुन् ।
जिल्ला वन कार्यालयका अनुसार कुनै पनि अनुमति नलिई अवैध रुपमा सामुदायिक वनभित्रका रुख कटान गरेर आफना उपभोक्तालाई वितरण गरेको आरोपमा अध्यक्ष घिमिरेलाई पक्राउ गरिएको हो ।
डिभिजन वन प्रमुख अनिरुद्ध कुमार साहका अनुसार सदावहार वन क्षेत्रबाट एकै पटक ४८ वटा रुख काटेर उपभोक्तालाई बाँडेपछि उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको हो ।
तर, अध्यक्ष घिमिरेले भने सव डिभिजन वन कार्यालय वेलसोतबाट अनुमति लिएर रुख कटानी गरेको दाबी गरेका छन । सव डिभिजनका रेन्जर युवराज खरेलको अनुमतिमा उक्त रुखहरु काटेर उपभोक्तलाई वितरण गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण