शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमृत फल हो किम्बु : तौल, रक्तचाप र सुगरलाई नियन्त्रण गर्छ, पातको लेपले घाउ निको पार्छ

आइतबार, ३१ वैशाख २०८०, ११ : ३७
आइतबार, ३१ वैशाख २०८०

गर्मीको मौसममा यस्ता थुप्रै फलफूल पाइन्छन् जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यीमध्ये एक हो किम्बु । आयुर्वेदमा किम्बुलाई अमृत फल भनिन्छ । यसमा भरपुरमा मात्रामा भिटामिन र प्रोटिन पाइन्छ । रेसमको किराले यसकै रुखको पात खान्छ जसले गर्दा महँगो रेसमको कपडा तयार हुन्छ ।

किम्बुले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यसका साथै यसले छालासम्बन्धी समस्या र क्यान्सरजस्ता रोगबाट टाढा राख्न मद्दत गर्छ । भारतको बापू नेचर क्योरकी आयुर्वेदाचार्य रश्मि चतुर्वेदीले फल मात्रै नभई किम्बुका पात पनि औषधीय गुणले भरपुर हुने बताएकी छिन् । यसले तौल कम गर्नुका साथै मधुमेह र मुटुरोगजस्ता समस्यामा पनि असरदार हुन्छ । यसको सेवनले सुगरको स्तर र रक्तचाप दुवै नियन्त्रणमा रहन्छ ।

गर्मीमा लुबाट जोगाउँछ

किम्बुको प्रभाव चिसो हुन्छ जसका कारण यसले गर्मीमा लुबाट जोगाउँछ । यो फ्रुक्टोस र ग्लुकोजको पनि राम्रो स्रोत हो । गर्मीमा पानीको आवश्यकता बढी हुन्छ । यो फलमा करिब ९१ प्रतिशत पानी हुन्छ । गर्मी मौसममा दैनिक किम्बु खानु फाइदाजनक हुन्छ ।

भिटामिन र पोटासियमले भरपुर, तौल नियन्त्रण गर्छ

शरीरमा भिटामिन र पोटासियमको कमी छ भने किम्बु फाइदाजनक फल हो । यसले विभिन्न खालका रोग हटाउँछ । तौल बढेर चिन्तामा परेका मानिस पनि किम्बुको पात खान्छन् । किम्बुको पातमा यस्ता तत्त्व पाइन्छन् जसले तौल कम गर्न मद्दत गर्छ । यसका साथै यसले कलेजोलाई स्वस्थ राख्न सहयोग गर्छ । किम्बुको पातको चिया बनाएर पनि पिउन सकिन्छ ।

किम्बुका फाइदा

– पाचन प्रक्रियालाई राख्छ चुस्त दुरुस्त

– कोलेस्ट्रोल कम गर्छ

– प्रतिरोधी क्षमता बलियो बनाउँछ

– दाँत दुखाइमा असरदार

सुगरको स्तरलाई नियन्त्रणमा राख्छ

सुगरका बिरामीका लागि किम्बुको पातको सेवन निकै फाइदाजनक मानिन्छ । किम्बुको पातमा डिएनजे नामको तत्त्व पाइन्छ जुन आन्द्रामा पाइने अल्फा ग्लुकोसाइडे एन्जाइमसँग मिलेर सुगर बढ्न नियन्त्रण गर्छ । यति मात्र होइन, यो तत्त्व कलेजोमा भएको ग्लुकोजलाई पनि नियन्त्रण गर्छ । यसलाई नियमित खानुहुन्छ भने खाना खाएपछि शरीरमा बन्ने सुगर पनि नियन्त्रण हुन्छ । 

रक्तचापलाई नियन्त्रणमा राख्छ – मुटुका लागि पनि फाइदाजनक

किम्बुका पातले रक्तचाप र मुटु सम्बन्धी समस्याका लागि निकै फाइदाजनक मानिन्छ । यसमा फेनोलिक्स र फ्लेवोनोइड नामको तत्त्व हुन्छ जसले मुटुरोगको खतरालाई कम गर्छ । यसको पातमा एन्टी अक्सिडेन्ट हुन्छ जसले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ ।

छालासम्बन्धी रोगमा असरदार

आजकाल पेटको गर्मीका कारण कपाल झर्ने र फुल्ने निकै सामान्य भएको छ । किम्बुमा एन्टिअक्सिडेन्ट तत्त्व पाइन्छ जुन छाला र कपालका लागि निकै आवश्यक हुन्छ । यसले छालाको रुखोपनबाट जोगाउँछ र कपाललाई आफ्नो प्राकृतिक रङ यथावत् राख्न मद्दत गर्छ ।

यति मात्र होइन, यसले कपाल झर्न पनि कम हुन्छ । किम्बुका पातलाई पिसेर लगाउँदा घाउ छिटो निको हुन्छ । पातलाई दाद, एक्जिमा (विशेष गरी बालबालिकाको छालामा देखिने समस्या – चिलाउने, रुखो हुने) बाट राहतका लागि पनि प्रयोग गर्न सकिन्छ ।

क्यान्सरको कोशिका नष्ट गर्छ

किम्बुले क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ । यसमा पोलिफेनोल्स र फ्लेवोनोयडजस्ता प्लान्ट बेस्ड तत्त्व हुन्छन् जसले क्यान्सरको कोशिकालाई नष्ट गर्न सहयोग गर्छ । त्यसैले यो क्यान्सरका रोगीका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप