शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

धनकुटामा चितुवाको आक्रमणमा परी तीनजना घाइते

आइतबार, ३१ वैशाख २०८०, १५ : ५३
आइतबार, ३१ वैशाख २०८०

धनकुटा । धनकुटामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । धनकुटाको चौविसे गाउँपालिका– ५ बोधेस्थित जंगलमा चितुवाको आक्रमणमा परी तीन जना घाइते भएका हुन ।  

इलाका प्रहरी कार्यालय राजारानीका अनुसार  घाइते हुनेमा २६ वर्षिय मुकेश याखा, ३० वर्षिय भुवन याखा र ३३ वर्षिय पविन याखा रहेका छन् । मौनाखोला नजिकको जंगलमा उनीहरुमाथि चितुवाले आक्रमण गरेको थियो ।

सो आक्रमणमा परेका मुकेश र भुवनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अर्का घाइते पविनको स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप