सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारदेखि एमडिएमएस पुनः कार्यान्वयन हुने, अब नयाँ मोबाइल दर्ता अनिवार्य

आइतबार, ३१ वैशाख २०८०, १६ : २५
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पुनः कार्यान्वयन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । 

सूचनाअनुसार नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्यरुपमा एमडीएमएसमा दर्ता गर्न सुरु गरिने छ ।

यस्तै अब विदेशबाट आउँदा एक यात्रीले  २ वटा  मोबाइलसम्म ल्याउन पाइने व्यवस्था गरेको छ ।  एमडिएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो ।

प्राधिकरणले नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंमले एमडिएमएसमा दर्ता गर्न सक्ने जानकारी दिएको छ ।  साथै व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडिएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप