फेरि घाइते भए पोग्बा
टुरिन । एक वर्षपछि प्रतिस्पर्धात्मक खेलमा सुरुवात गरेका युभेन्टसका मिडफिल्डर पाउल पोग्बा मात्र २४ मिनेट मैदानमा बिताएपछि पुनः घाइते भएका छन् । क्रेमोनेसेविरुद्धको खेलमा जीत निकाल्ने क्रममा घाइते हुँदै पोग्बा मैदान छाड्न बाध्य बनेका हुन् ।
बल क्रस गर्ने क्रममा ३० वर्षीय पोग्बाको देब्रे फिलामा चोट लागेको थियो । ‘हामी सबै निराश छौँ, किनभने उनी राम्रो खेलिरहेका थिए,’ युभेन्टसका म्यानेजर मासिमिलानो एलेग्रीले भने, ‘उनले खेलमा फर्कन निकै त्याग गरेका थिए ।’
पछिल्लोपटक सन् २०२२ को अप्रिलमा पूर्वक्लब म्यानचेस्टर युनाइटेडका लागि लिभरपुलविरुद्ध पोग्बाले खेलमा सुरुवात गरेका थिए । सो खेलमा उनको खुट्टामा चोट लागेको थियो । उनले त्यसपछि पुरा सिजन गुमाउन पुगेका थिए ।
सोही बेला उनी इटालियन क्लबसँग आबद्ध भएका थिए । तर प्रिसिजनमा फेरि उनको घुँडामा चोट लागेको थियो । कतारमा भएको विश्वकपका लागि उनले अपरेसन नगर्ने निर्णय गरे पनि पछि उनले अपरेसन नै गर्न बाध्य भएका थिए ।
जनवरीमा टोलीमा फर्किएका उनको मांसपेशीमा समस्या देखिएको थियो । गत फेब्रुअरी २८ मा युभेका लागि पहिलो खेल खेलेका उनी मार्चमा अनुशासनको कारबाहीमा परेका थिए । त्यति नै बेला प्रशिक्षणका क्रममा उनको दाहिने फिलामा चोट लागेको थियो ।
लामो समय बाहिर रहेका उनी गत अप्रिल १३ मा स्पोर्टिङ लिजबनविरुद्धको खेलमा बेन्चमा फर्किएका थिए । त्यसयता उनले ९ पटक सब्सिटच्युटका रूपमा मैदान प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण