चेन्नईलाई हराएपछि कोलकाताको आशा जिवितै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सफलता हात पारेको छ । कोलकाताले आफ्नो पछिल्लो खेलमा बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो ।
चेन्नई र कोलाता दुबैको प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको चेन्नईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रनमात्र बनाउन सक्यो । उक्त खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले भने १८.३ ओभरमै ४ विकेट गुमाएर १ सय ४७ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । कोलकाताको जितमा दुई ब्याट्सम्यानले अर्धशतकीय पारी खेले ।
माथिल्ला ३ ब्याट्सम्यानलाई सस्तैमा गुमाएको कोलकाताका लागि नितेश राणाले अविजित ५७ रनको योगदान गरे । उनले ४४ बलको सामना गरी १ छक्का र ६ चौका प्रहार गरे । रिन्कु सिंहले पनि टोलीका लागि ५४ रनको योगदान गरे । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ४३ बलमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।
त्यसअघि कोलकाताका ओपनर ब्याट्सम्यान जासन रोय १२ रन बनाउँदै आउट भएका थिए । कोलकाताले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो । चेन्नईका बलर दीपक चाहरले ३ विकेट लिएका थिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईका लागि शिवम दुबेले सर्वाधिक ४८ रन बनाएका थिए । अन्तिमसम्म अविजित रहेका दुबेले ३४ बलको सामना गरी ३ छक्का र १ चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान डेभोन कनवेले ३० रन बनाए । उनले २८ बलको सामना गरी ३ चौका हिर्काए ।
तल्लोक्रमका ब्याट्सम्यान रविन्द्र जडेजाले २० रन बटुले । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । कोलकाताका बलर वरुन चक्रवर्थी र सुनिल नारिनले २÷२ विकेट लिए । १३ खेलबाट १५ अंक जोडेको चेन्नई तालिकाको दोस्रो स्थानमा छ । चेन्नईले अब १ खेल खेल्न बाँकी छ ।
कोलकाता भने १३ खेलबाट १२ अंक बटुल्दै तालिकाको सातौं स्थानमा छ । कोलकाताले पनि अब १ खेल खेल्न बाँकी छ । दिल्ली क्यापिटल्स भने उपाधि होडबाट बाहिरिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026