शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चेन्नईलाई हराएपछि कोलकाताको आशा जिवितै

सोमबार, ०१ जेठ २०८०, ०७ : ३०
सोमबार, ०१ जेठ २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सफलता हात पारेको छ । कोलकाताले आफ्नो पछिल्लो खेलमा बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो ।

चेन्नई र कोलाता दुबैको प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको चेन्नईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रनमात्र बनाउन सक्यो । उक्त खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कोलकाताले भने १८.३ ओभरमै ४ विकेट गुमाएर १ सय ४७ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । कोलकाताको जितमा दुई ब्याट्सम्यानले अर्धशतकीय पारी खेले ।

माथिल्ला ३ ब्याट्सम्यानलाई सस्तैमा गुमाएको कोलकाताका लागि नितेश राणाले अविजित ५७ रनको योगदान गरे । उनले ४४ बलको सामना गरी १ छक्का र ६ चौका प्रहार गरे । रिन्कु सिंहले पनि टोलीका लागि ५४ रनको योगदान गरे । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ४३ बलमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।

त्यसअघि कोलकाताका ओपनर ब्याट्सम्यान जासन रोय १२ रन बनाउँदै आउट भएका थिए । कोलकाताले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो । चेन्नईका बलर दीपक चाहरले ३ विकेट लिएका थिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईका लागि शिवम दुबेले सर्वाधिक ४८ रन बनाएका थिए । अन्तिमसम्म अविजित रहेका दुबेले ३४ बलको सामना गरी ३ छक्का र १ चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान डेभोन कनवेले ३० रन बनाए । उनले २८ बलको सामना गरी ३ चौका हिर्काए ।

तल्लोक्रमका ब्याट्सम्यान रविन्द्र जडेजाले २० रन बटुले । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । कोलकाताका बलर वरुन चक्रवर्थी र सुनिल नारिनले २÷२ विकेट लिए । १३ खेलबाट १५ अंक जोडेको चेन्नई तालिकाको दोस्रो स्थानमा छ । चेन्नईले अब १ खेल खेल्न बाँकी छ ।

कोलकाता भने १३ खेलबाट १२ अंक बटुल्दै तालिकाको सातौं स्थानमा छ । कोलकाताले पनि अब १ खेल खेल्न बाँकी छ । दिल्ली क्यापिटल्स भने उपाधि होडबाट बाहिरिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप