सभामुखले रायमाझी पक्राउको जानकारी संसद्लाई दिने
सोमबार, ०१ जेठ २०८०, १५ : ५७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीले सभामुखलाई बुझाएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम सदनलाई रायमाझी पक्राउको जानकारी सोमबारको बैठकमा गराउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेको ११ दिनपछि रायमाझी आइतबार बेलुका काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका थिए । सोमबार उनलाई सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगेको छ । रायमाझीसँगै यो प्रकरणमा १३ पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण