सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सभामुखले रायमाझी पक्राउको जानकारी संसद्लाई दिने

सोमबार, ०१ जेठ २०८०, १५ : ५७
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीले सभामुखलाई बुझाएको छ । 

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम सदनलाई रायमाझी पक्राउको जानकारी सोमबारको बैठकमा गराउने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेको ११ दिनपछि रायमाझी आइतबार बेलुका काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका थिए । सोमबार उनलाई सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगेको छ । रायमाझीसँगै यो प्रकरणमा १३ पक्राउ परेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप