नक्कली भुटानी शरणार्थीका दोषीहरूलाई कारबाहीको माग गर्दै अभियान सुरु
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात भएको ठहर गर्दै प्रकरणका मूल दोषीहरुमाथि कारबाहीको मागसहित देशव्यापी अभियान सुरु गरेको छ । समाजले सोमबार माइतीघरमा प्रदर्शनसमेत गरेको छ ।
यस क्रममा ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर, मानव अधिकार मैत्री ऐन बनाऊ : सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याऊ‘ भन्ने आह्वान गरिएको थियो । त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित सबैलाई कारबाही गर्न माग गर्दै लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो ।
दिउँसो १ बजेदेखि एक घण्टासम्म भएको प्रदर्शनमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख दलका शीर्ष नेताहरूको गलत आचरणका कारण लोकतन्त्र र देश सङ्कटमा पर्न थालेको बताउँदै प्रमुख दलका शीर्ष नेताहरूको तत्काल सम्पत्ति छानबिन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा स्रष्टाहरू अर्जुन पराजुली, रामेश्वरी पन्त र धीरेन्द्र प्रेमर्षिले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाहीको माग गर्दै कविता प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण