कांग्रेसका पाँच सांसदद्वारा सञ्जय गौतमको अनसनबारे सदनको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतम अनसन बसेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरू दीपक गिरी, श्याम घिमिरे, राजन केसी र प्रतिमा गौतमले अनसन बसेको विषयमा ध्यानाकर्षण गराएका हुन् ।
सांसद गौतम १५ बुँदे माग राखेर शनिबारबाट आमरण अनसनमा बसेका छन् । चैत ३० गतेबाट उनी जब्दीघाटको भाँचिएको पुलमुनि आमरण अनसन बसेका हुन् । पटकपटक संसदमा कुरा उठाउँदा पनि कुराको सुनुवाइ नभएको भन्दै उनी अनसनमा बसेका हुन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद गिरीले अनसनबारे जानकारी गराएका थिए । यस्तै, विशेष समयमा बोल्ने सांसदहरू घिमिरे, केसी र गौतमले पनि उनीसँग तत्काल वार्ता गर्न र समस्या समाधान गर्न अनुरोध गरेका छन् ।
उनीहरूले संसदमा कुरा सुनुवाइ नभए कहाँ गएर बोल्ने भन्दै प्रश्न गरेका छन् । 'सत्तारुढ दलकै सांसद अनसनमा बस्नु विडम्बना हो । संसदमा बोलेको कुरा सुनुवाइ हुँदैन भने कहाँ गएर बोल्ने रु,' उनीहरुको गुनासो छ, 'उहाँमात्र होइन, अब हामी पनि गएर अनसन बस्ने दिन नआओस् ।'
मुलुकमा धेरै चिजहरु समयमा नबनेको उनीहरुको भनाइ छ । 'नगरकोटको बाटो बन्दैन, जब्दी पुल पप्पु यादव भन्नेले बनाएको, त्यो सात वर्ष भयो, बन्दैन। उदयपुरको त्रियुगा पुल बन्दैन। संखुवासभाको अरुण पुल बन्दैन। दाङकै पुल बन्दैन। चार लेन बाटो बन्दैन,' सांसद गिरीले भने।
गिरीले अब अनसनको सुरुवात भएको बताए। 'तीन दिन भयो गौतम अनसन बसेको। भोलि हामी सुन्नु नपरोस्, नारायण खड्का त्रियुगाको पुलमुनि बस्नुभएको छ भनेर। पछि दीपक खड्का अरुणको पुलमुनि बस्नुभएको छ भनेर सुन्नु नपरोस्,' उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण