सरकार अनावश्यक खर्च कटौतीमा निर्मम हुनुपर्छ: ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले खर्च कटौतीमा निर्मम हुनुपर्ने बताएका छन् ।
मङ्गलवार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रका वर्तमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो नभएको बताए ।
उनले नयाँ सरकार बनेपछिको मुलुकको आर्थिक वृद्धिदर घट्दै गएको र वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानी भन्दा बढी खर्च रहेको बताए ।
उनले समितिले सरकारले गर्ने खर्च कटौतीका विषयमा समितिलाई जानकारी दिनको लागि अर्थमन्त्रीलाई तत्काल बोलाउन माग गरे ।
उनले भने, ‘अर्थतन्त्रका वर्षमान सूचाङ्कहरु हेर्दा भोलिको भविष्य राम्रो होला भन्ने लाग्दैन । आर्थिक वृद्धिदर घट्दै आएको अवस्था छ । मुलुकको वर्तमान अवस्थामा २ खर्ब बढी आम्दानी भन्दा बढी खर्च रहेको छ नयाँ सरकार बनेपछिको तथ्याङ्क हो । खर्च कटौती कसरी गर्नुपर्छ भन्ने विषयमा जानकारी दिनको लागि समितिमा अर्थमन्त्रीलाई तत्काल बोलाउनुपर्छ । अबको अर्को बैठकमा अर्थमन्त्री बैठकमा हुनुपर्छ । सरकारसँग सांसदहरूले खर्च कटौतीका विषयमा जानकारी मागेको माग्यै छौँ । तर सरकारले जानकारी दिएको छैन । कि त सरकारले नीतिगत निर्माणमा गलत गर्नुपर्यो । अहिले हामी अति संवेदनशील अवस्थामा छौँ ।’
उनले सरकारसँग सांसदहरूले खर्च कटौतीका विषयमा जानकारी मागे पनि अहिलेसम्म नदिएको बताए । उनले अर्थतन्त्रका दृष्टिकोणले मुलुक संवेदनशील अवस्थामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण