इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं । इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । इन्टर मिलानले मंगलबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा अर्को इटालियन क्लब एसी मिलानलाई १—० गोलले हरायो ।
इन्टर मिलान समग्रमा ३—० गोलअन्तरले फाइनलमा पुगेको हो । यसअघि गत खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि इन्टर मिलान १—० गोलले विजयी भएको थियो ।
इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । इन्टर मिलान यसअघि सन् २०१० मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । त्यतिबेला इन्टर मिलानले उपाधि पनि जितेको थियो ।
सेमिफाइनलको दोस्रो लेग खेलमा इन्टर मिलानका लागि लाउटारो मार्टिनेज नायक बने । २५ वर्षीय अर्जेन्टिनी खेलाडी मार्टिनेजले निर्धारित समयको ७४औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले बेल्जियन खेलाडी रोमेलु लुकाकुको गोलमा गोल गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल आगामी जुन १० तारिखमा टर्कीको इस्तानबुलमा खेलिने छ । फाइनल खेलमा इन्टर मिलानले स्पेनिस पावर हाउस रियल मड्रिड वा इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
इन्टर मिलानले हालसम्म ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । २ पटक इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण