शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कहिलेबाट आउँछ ‘सक्किगो नि’ ?

बिहीबार, ०४ जेठ २०८०, ११ : ५३
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ फेरि प्रसारणमा आउँदै छ । दुई पटक प्रसारणमा आउँदै रोकिएको शृङ्खला अब तेस्रो सिजनको रुपमा आउन लागेको हो ।  निर्माण संस्था जेपीटी क्रिएसनले टिजर मार्फत शृङ्खलाको तेस्रो सिजन जेठ ११ गतेदेखि प्रसारण हुने जनाएको हो । कमेडी जनरामा प्रसारण हुँदै आएको सिरियलको अहिलेको टिजर गम्भीर र मर्मस्पर्शी छ । टिजरमा सुख र धन कमाउने सपनासहित परिवार छोडेर कतार उड्न लागेको एक पात्र देखाइएको छ ।

कुमार कट्टेल र अर्जुन घिमिरेको निर्देशन रहँदै आएको शृङ्खलाको तेस्रो सिजन पनि यी दुवैले निर्देशन गर्दैछन् । शृङ्खलाको टिजर हेर्दा यो ‘सक्कीगो नी’ अब सामाजिक कथामा आउन लागेको हो कि भनेर अनुमान गर्न सकिनछ । 

निर्देशक अर्जुन घिमिरे भने सिरियल कमेडी जनरामै आउने बताउँछन् । ‘हाम्रो सिरियल निर्माण जनरा जहिले पनि कमेडी नै हुनेछ । किनभने हामीले गर्दै आएको र जानेको विषय यही हो’, घिमिरेले भने, ‘सामाजिक कथामा अब कमेडी मार्फत पस्किन लागेका हौँ ।’ अबको शृङ्खलामा दर्शकले पहिलेभन्दा पनि रमाइलो गर्न सक्ने घिमिरेले दाबी गरे ।

हिमालय टिभी एचडीबाट प्रसारण हुने सिरियलमा कुमार कट्टेल, अर्जुन घिमिरे, सिपी पुडासैनी लगायतको अभिनय रहँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप