कहिलेबाट आउँछ ‘सक्किगो नि’ ?
काठमाडौँ । लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ फेरि प्रसारणमा आउँदै छ । दुई पटक प्रसारणमा आउँदै रोकिएको शृङ्खला अब तेस्रो सिजनको रुपमा आउन लागेको हो । निर्माण संस्था जेपीटी क्रिएसनले टिजर मार्फत शृङ्खलाको तेस्रो सिजन जेठ ११ गतेदेखि प्रसारण हुने जनाएको हो । कमेडी जनरामा प्रसारण हुँदै आएको सिरियलको अहिलेको टिजर गम्भीर र मर्मस्पर्शी छ । टिजरमा सुख र धन कमाउने सपनासहित परिवार छोडेर कतार उड्न लागेको एक पात्र देखाइएको छ ।
कुमार कट्टेल र अर्जुन घिमिरेको निर्देशन रहँदै आएको शृङ्खलाको तेस्रो सिजन पनि यी दुवैले निर्देशन गर्दैछन् । शृङ्खलाको टिजर हेर्दा यो ‘सक्कीगो नी’ अब सामाजिक कथामा आउन लागेको हो कि भनेर अनुमान गर्न सकिनछ ।
निर्देशक अर्जुन घिमिरे भने सिरियल कमेडी जनरामै आउने बताउँछन् । ‘हाम्रो सिरियल निर्माण जनरा जहिले पनि कमेडी नै हुनेछ । किनभने हामीले गर्दै आएको र जानेको विषय यही हो’, घिमिरेले भने, ‘सामाजिक कथामा अब कमेडी मार्फत पस्किन लागेका हौँ ।’ अबको शृङ्खलामा दर्शकले पहिलेभन्दा पनि रमाइलो गर्न सक्ने घिमिरेले दाबी गरे ।
हिमालय टिभी एचडीबाट प्रसारण हुने सिरियलमा कुमार कट्टेल, अर्जुन घिमिरे, सिपी पुडासैनी लगायतको अभिनय रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण