तीन शीर्ष नेताहरू लगातार भेटिरहनुले आशंका जन्मायो : स्नेही
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश स्नेहीले विचार र सिद्धान्तकै आधारमा पानी बाराबारको व्यवहार गर्ने शीर्ष तीन नेताहरुको दैनिकजसो भेटघाटले आशंका जन्माएको बताएका छन् ।
‘पछिल्लो समय नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली फरक विचार राख्ने पार्टी, फरक विचार राख्ने नेताहरू चाहे प्रचण्डसँग भनौं चाहे शेरबहादुर देउवासँग, उहाँ एकदमै पानी बाराबारको असहिष्णुता देखाउनुहुन्थ्यो । पछिल्लो पटक उहाँहरूको भेटघाटले एकदमै तीव्रता पाएको छ,’ बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, हिजोअस्ती नभेट्ने आज चाहिँ दैनिकजस्तो भेटघाट गर्ने अवस्था सिर्जना भएपछि त भोलि कहीँ न कहीँ त्यो कुरा पुष्टि हुने कुरा आयो भने उहाँहरुले जवाफ दिनुपर्छ ।’
तीन शीर्ष नेताहरुको भेट नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउनेभन्दा अर्को प्रसंगमा भए आफूहरुले सकारात्मक रूपमा लिनुपर्ने उनको भनाई छ । तीनै जना नेताहरू भ्रष्टाचार सूत्र हो भन्ने संकल्पका साथ राष्ट्रिय सहमतिमा जान आवश्यक रहेको स्नेहीले बताए ।
भ्रष्टाचारलाई निमूल पार्नका लागि संवैधानिक आयोगहरुलाई स्वायत्त बनाउन पर्ने उनले बताए । उनले राजनीतिक दल र नेताहरुको अलोकप्रिय कामका कारण जनतामा निराशा पैदा भएको पनि बताए ।
भ्रष्टाचार निर्मूल पार्नका निम्ति संवैधानिक आयोगहरुलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए । साथै, सबै दलहरुबीच राष्ट्रिय सहमतिको आवश्यकतासमेत उनले औंल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण