हराएका २३ वटा दुई पाङग्रे सवारी साधन भेटिए, ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
काठमाडौँ । विभिन्न मितिमा हराएका २३ वटा दुई पाङग्रे सवारी साधन भेटिएका छन् । ट्राफिक प्रहरीले बिहीबार ती सवारीसाधन धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनीलाई हस्तान्तरण गरे । ।
योसँगै चालु आर्थिक वर्षमा ४ सय २७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाए छ । चालु आर्थिक वर्षमै ३० वटा चोरीका २ पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरे ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्नुका साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण