१६ औँ नम्बरमा पक्राउ परेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल २ दिन हिरासतमा रहने
काठमाडौँ । असली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा रिजालको समेत संलग्नता खुलेपछि उनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।
सो लगत्तै प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकामा अदालतले दुई दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जानकारी दिए ।
यो प्रकरणमा हालसम्म रिजालसहित १६ जना पक्राउ परिसकेका हुन् । पक्राउ पर्नेमा रिजाल १६ औँ नम्बरका अभियुक्त बनेका छन् । आफैँ भुटानी शरणार्थी रिजालमाथि नेपालीलाई नक्कली शरणार्थी बनाउने धन्दामा संलग्न भएको गम्भीर आरोप लागेको छ ।
यसैबीच नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण