१६ औँ नम्बरमा पक्राउ परेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल २ दिन हिरासतमा रहने

काठमाडौँ । असली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा रिजालको समेत संलग्नता खुलेपछि उनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।
सो लगत्तै प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकामा अदालतले दुई दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले उनलाई बिहीबारदेखि लागू हुने गरी दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको जानकारी दिए ।
यो प्रकरणमा हालसम्म रिजालसहित १६ जना पक्राउ परिसकेका हुन् । पक्राउ पर्नेमा रिजाल १६ औँ नम्बरका अभियुक्त बनेका छन् । आफैँ भुटानी शरणार्थी रिजालमाथि नेपालीलाई नक्कली शरणार्थी बनाउने धन्दामा संलग्न भएको गम्भीर आरोप लागेको छ ।
यसैबीच नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता