ढुङ्गा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने
काठमाडौँ । सरकारले नदीजन्य ढुङ्गा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने भएको छ ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वातावरण प्रतिकुल नहुनेगरी नदीजन्य ढुङ्गा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताएका हुन् । त्यस्तै नीति तथा कार्यक्रममा भौगोलिक अवस्था र पानीको स्रोतको आधारमा उपयुक्त सिचाइ प्रविधिमार्फत वर्षैभर सिँचाइ सुविधा उपलब्ध गराइने, सिँचाइ गुरुयोजना अद्यावधिक गरी ठुला आयोजना कार्यान्वयन गर्दै लगिने र ठुला तथा बहुउद्देश्यीय सिँचाइ आयोजनाको मूल एवं शाखा नहरको निर्माण तथा मर्मत कार्य द्रुत गतिमा अघि बढाइने उल्लेख गरिएको छ ।
त्यसैगरी राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वृहत् बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माण र सञ्चालनलाई तीव्रता दिइने, धादिङको सल्यानटारमा सिँचाइ सुविधा उपलब्ध गराउन प्रक्रिया अगाडी बढाइने, सिचाइका निम्ति विद्युत् आपूर्तिको सहज व्यवस्था मिलाइ विद्युत् महसुलमा छुट दिने नीति लिइने उल्लेख गरिएको छ । उनले साना किसानहरुलाई सिंचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबवेल वितरण गरिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण