सरकारको नीति तथा कार्यक्रममा क्रिकेटको पूर्वाधार विकासमा जोड
काठमाडौँ । सरकारले प्रत्येक विद्यालयमा कम्तीमा एकजना खेलकुद शिक्षक नियुक्त गर्ने नीति अगाडि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ ।
वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताहरु आयोजना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । एक वडा एक खेल मैदान र एक पालिका एक कभर्डहलको अवधारणा अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी खेलकुदलाई राष्ट्रको पहिचानको माध्यम बनाइने तथा खेलकुदलाई राष्ट्रको गौरव र प्रतिष्ठा बढाउने माध्यमका रूपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । देशभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार र प्रोत्साहनको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । खेलकुद पूर्वाधारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा व्यक्त गरिएको छ ।
यसैगरी खेलकुद पर्यटनको विकास र विस्तार हुने खेलकुद पूर्वाधारहरू सार्वजनिक तथा निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी आगामी दुई वर्षभित्र काठमाडौँको कीर्तिपुर र मुलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा व्यक्त गरिएको छ ।
यसैगरी चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथ चन्द र मोरङको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्य अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण