बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण

शुक्रबार, ०५ जेठ २०८०, २० : ३६
शुक्रबार, ०५ जेठ २०८०

ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् ।
 
बिहीबार नर्वेकी क्रिष्टिना हरिलासहित सङ्खुवासभाका तेन्जिङ शेर्पा र ओखलढुङ्गाका जेलु शेर्पाले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स एण्ड एक्सपीडिशनका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । उनका अनुसार आरोहणका लागि आफ्नो कम्पनीबाट गएका अन्य ११ जना विदेशीसहितको टोली भने खराब मौसमका कारण बेस क्याम्प फर्किएका छन् । उनीहरु आठ हजार मिटरको उचाइबाट खराब मौसमका कारण फर्किनुपरेको शेर्पाले बताए । सफल आरोहण गरेका तीनसहित १४ आफ्नो कम्पनीबाट गएको उनको भनाइ छ ।

यता सातोरी एडभाञ्चरबाट गएका १४ जनाको टोलीसमेत खराब मौसमलगायत कारण करिब आठ हजार मिटरको उचाइमा पुगेर बेसक्याम्प फर्किएको छ । उक्त कम्पनीबाट कञ्चनजङ्घा आरोहण गर्ने तयारीमा रहेका २१ मध्ये १४ जना आरोहणका लागि गएका थिए । उनीहरु बिहीबार राति फर्किएका हुन् । अन्य सात जना भने सगरमाथापछि कञ्चनजङ्घाको आरोहणमा जाने कम्पनीका निर्देशक ऋषि भण्डारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप