मेरो चाह
मलाई चाह छैन
टाकुरामा फुलेर,
त्यसै ओइलाई झर्ने
रङ्गीचङ्गी फुल बन्ने
मलाई चाह छैन
हिमचुलीझैँ चुलिएर
अगम्य काला पत्थर भई रम्ने ।
मलाई त बाटो बन्न मन छ
मलाई त ढुङ्गा हुन रहर छ
बाटोमै रुमलिएको बटुवाले
अन्तिम विकल्पमा रोजेको
सानो गोरेटो बाटो बन्न मन छ
जुन बटुवाको घरको दैलो भएर जाओस्
मलाई त ढुङ्गा हुन रहर छ ।
बुढेसकाल लागेर खुट्टो खोच्याएको
बूढी आमाको झुप्रे दरबार
टालटुल गर्दै गरेको डकर्मीले
हजारौँ ढुङ्गाको थुप्रोमा
आकार नमिलेको एउटा ढुङ्गा खोजोस्
मलाई टपक्क टिपोस्
अनि घरको जगमा फ्याली दिओस्
ता कि ढाड कुप्रो परेकी बूढी आमाको दरबार
वर्षौँ वर्षसम्म ठिङ्ग उभिन सकोस् ।
मलाई त्यति सफेद हुन पनि मन छैन
कसैले सजिलै दाग लगाई दिन सकोस्
मलाई त्यति कोमल पनि हुनु छैन
आकार सजिलै बदली दिन सकोस्
म आफ्नै रङ्गमा रङ्गिऊ
म आफ्नै आकारमा रमाऊँ
मलाई चाह छैन
प्यासी सुख्खा पहाडहरूलाई गिज्याउँदै
विशाल समुद्र भएर बाँच्ने ।
अनि, मलाई चाह छैन
वर्षात्मा उर्लिएको खहरे झैँ गडगडाउँदै
शान्त नदीको बाटो छेकेर नाच्ने ।
मलाई त कुवा हुन मन छ
काकाकुल पहाडको बाटोको छेउमा
थोपा थोपा जम्मा हुँदै बनेको
एउटा सानो कुवा हुन मन छ
जहाँबाट बटुवाले,
एक अञ्जुली पानी निकालोस्
उसमा पहाड चढ्ने हिम्मत,
दुई गुणाले बढोस्
मलाई चाह छैन
अबोधगम्य ज्ञानको ठेली बन्न
मलाई त सानो पुस्तक बन्न मन छ
झुपडीको एउटा कुनामा,
त्यसै मिल्काइएको
त्यस्तो पुस्तक बन्न मन छ
जुन संघर्षै संघर्षका कथाले
भरिएको होस् ।
मलाई त मन छ
उकालीमा थकान मार्ने
चौतारी बन्न
मलाई त मन छ
ओरालीमा हात समाइदिने
दौँतरी बन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण