चितवनमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
शनिबार, ०६ जेठ २०८०, १५ : २३
चितवन । गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको हो ।
यस्तै गैँडाको आक्रमणबाट स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते हुनुभएको छ । रेग्मी सामान्य घाइते भएको र उपचारपश्चात् घर फर्किएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण