आफ्ना जनप्रतिनिधिबारे ‘जनमतसंग्रह’ गराउँदै जनमत

काठमाडौँ । जनमत पार्टीले स्थानीय तहका आफ्ना जनप्रतिनिधिको बारेमा जनमत संग्रह गराउने भएको छ । २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट चुनिएका जनमतका पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरूले हालसम्म गरेको कामको बारेमा पार्टीले जनमत संग्रह गराउने भएको हो ।
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिलाई पठाएको सर्कुलरमा भनिएको छ, ‘तपाईं जनप्रतिनिधिको रूपमा निर्वाचित भएको करिब एक वर्ष पुगेको छ । यस अवधिमा तपाईंको कार्यलाई जनताले अनुमोदन गरेको छ वा छैन जनमतसंग्रह गराउनका लागि तपसिलको मितिमा कार्यक्रम हुने ब्यहोरा अवगत गराइन्छ ।’
साउन ६ गते हुने जनमतसंग्रह सम्बन्धित स्थानीय तहमा हुने जनाइएको छ । २०८० वैशाखसम्म पार्टीका सदस्यता लिएकाहरूले मात्र त्यसमा मतदान गर्न पाउने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनाएका छन् । अरू थप तयारी सम्बन्धित स्थानीय पार्टीले गर्ने भनिएको छ ।
जनमत पार्टी ‘राइट टू रिकल’को अवधारणामा आस्था राख्ने पार्टी हो । जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारबाही गर्ने वा जनप्रतिनिधिलाई पार्टीले फिर्ता बोलाउने समेत गर्ने जनमत पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गराए, ७ अर्ब २५ करोड ऋण
-
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर
-
श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण भयो : कर्नेल सोफिया कुरेशी
-
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
-
भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी
-
कोहलीले बीसीसीसीआईलाई भने, ‘टेस्ट क्रिकेटबाट संन्यास लिन चाहन्छु’