आफ्ना जनप्रतिनिधिबारे ‘जनमतसंग्रह’ गराउँदै जनमत
काठमाडौँ । जनमत पार्टीले स्थानीय तहका आफ्ना जनप्रतिनिधिको बारेमा जनमत संग्रह गराउने भएको छ । २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट चुनिएका जनमतका पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरूले हालसम्म गरेको कामको बारेमा पार्टीले जनमत संग्रह गराउने भएको हो ।
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिलाई पठाएको सर्कुलरमा भनिएको छ, ‘तपाईं जनप्रतिनिधिको रूपमा निर्वाचित भएको करिब एक वर्ष पुगेको छ । यस अवधिमा तपाईंको कार्यलाई जनताले अनुमोदन गरेको छ वा छैन जनमतसंग्रह गराउनका लागि तपसिलको मितिमा कार्यक्रम हुने ब्यहोरा अवगत गराइन्छ ।’
साउन ६ गते हुने जनमतसंग्रह सम्बन्धित स्थानीय तहमा हुने जनाइएको छ । २०८० वैशाखसम्म पार्टीका सदस्यता लिएकाहरूले मात्र त्यसमा मतदान गर्न पाउने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनाएका छन् । अरू थप तयारी सम्बन्धित स्थानीय पार्टीले गर्ने भनिएको छ ।
जनमत पार्टी ‘राइट टू रिकल’को अवधारणामा आस्था राख्ने पार्टी हो । जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रणबाहिर गएमा आवश्यक कारबाही गर्ने वा जनप्रतिनिधिलाई पार्टीले फिर्ता बोलाउने समेत गर्ने जनमत पार्टीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण