शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद केसीको माग–नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउनु

आइतबार, ०७ जेठ २०८०, १४ : ३६
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं  सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित संघीय लोकतान्त्रिक गणतन्त्र राज्य भनी उल्लेख गरिएकोमा आपत्ति जनाएको छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले पहिलो बुँदामा उल्लेखित संघीयता भन्ने शब्द हटाउनुपर्ने माग राखेका हुन् । 

आफ्नो पार्टीले सुरुआति दिन देखिनै संघीयताको विरोध गरिरहेको र विपक्षमा उभिरहेको जनाउँदै संघीयता देशले धान्न नसक्ने हुँदा यो व्यवस्था नै खारेज गर्नुपर्ने उनले बताए ।

 ‘हामीले संघीयताको पहिलो दिनदेखि नै विरोध गरिरहेका छौं, यो मुलुकले धान्न सक्दैन भनिरहेका छौं । यो सेतो हात्ती हो, यसले खास उपलब्धि दिन सक्दैन’ केसीले भने, ‘विश्वका धेरै देशहरु संघीयतामा नजाँदा हुने तर नेपाल जानैपर्छ भन्ने छैन । त्यसैले संघीयता खारेज हुनुपर्छ, नीति तथा कार्यक्रमको सो बुँदा संशोधन हुनुपर्छ  ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप