प्रधानमन्त्रीलाई विप्लवको सुझाव–माओवादी भएर काम गर्नुहोस्
आइतबार, ०७ जेठ २०८०, १७ : ४०
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौँमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै अहिले पनि सोही स्थिति आइरहेको बताए ।
महासचिव चन्दले सरकारले मन्त्रीपरिषद्मा जनचाहना अनुरुपका प्रस्ताव गरे आफूले सडकबाट साथ दिने प्रतिबद्धता जनाए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एकपटक पुनः माओवादी बनेर काम गर्न उनले आग्रह गरे । जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गरे ।
महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण