बिजुली उत्पादनमा सञ्चय कोषको योगदान उच्च छ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अध्यक्ष कुलमान घिसिङले बिजुली उत्पादनमा कर्मचारी सञ्चय कोषको योगदान उच्च रहेको बताएका छन् । आइतबार तामाकोसी पाँचौ जलविद्युत आयोजनाको लगानी सुनिश्चित गर्न त्रिपक्षीय सम्झौताको कार्यक्रममा बोल्दै घिसिङले चिलिमे आयोजनाहरूमा कोषले १४ अर्ब लगानी गरेको बताए ।
घिसिङले अबको तीन महिनाभित्र चिलिमेका सबै आयोजनाबाट बिजुली उत्पादन सुरु हुने समेत बताए । यस्तै तामाकोसी पाँचौमा समेत लगानी गर्न कोष तयार भएपछि घिसिङले प्रशंसा गरेका हुन ।
घिसिङले भने,'तामाकोसीका आयोजनामा कोषले १६ अर्ब मात्र हैन ५० अर्ब लगाए पनि लगानी उठाऊ छ । लगानी खेर जाँदैन ।' घिसिङले नेपालको बिजुलीको लागि भारत र बङ्गलादेशमा बजार सुनिश्चित रहेकाले लगानी झनै बढाउनु पर्ने बताए ।
भारतीय लगानीकर्ता आयोजना बनाउन भन्दा बनेका आयोजनाबाट बिजुली किन्न आतुर रहेको समेत घिसिङले सुनाए । यही कारण राज्यका यस्ता कोषहरूले जलविद्युतमा लगानी बढाउन पर्ने र त्यसको सुनिश्चित प्राधिकरणले गर्ने घिसिङको भनाई छ ।
नेपालको बिजुलीको बजार झनै खुल्दै रहेकाले वर्षायामको बिजुलीले धेरै मूल्य पाउने घिसिङ बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव