बिजुली उत्पादनमा सञ्चय कोषको योगदान उच्च छ : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अध्यक्ष कुलमान घिसिङले बिजुली उत्पादनमा कर्मचारी सञ्चय कोषको योगदान उच्च रहेको बताएका छन् । आइतबार तामाकोसी पाँचौ जलविद्युत आयोजनाको लगानी सुनिश्चित गर्न त्रिपक्षीय सम्झौताको कार्यक्रममा बोल्दै घिसिङले चिलिमे आयोजनाहरूमा कोषले १४ अर्ब लगानी गरेको बताए ।
घिसिङले अबको तीन महिनाभित्र चिलिमेका सबै आयोजनाबाट बिजुली उत्पादन सुरु हुने समेत बताए । यस्तै तामाकोसी पाँचौमा समेत लगानी गर्न कोष तयार भएपछि घिसिङले प्रशंसा गरेका हुन ।
घिसिङले भने,'तामाकोसीका आयोजनामा कोषले १६ अर्ब मात्र हैन ५० अर्ब लगाए पनि लगानी उठाऊ छ । लगानी खेर जाँदैन ।' घिसिङले नेपालको बिजुलीको लागि भारत र बङ्गलादेशमा बजार सुनिश्चित रहेकाले लगानी झनै बढाउनु पर्ने बताए ।
भारतीय लगानीकर्ता आयोजना बनाउन भन्दा बनेका आयोजनाबाट बिजुली किन्न आतुर रहेको समेत घिसिङले सुनाए । यही कारण राज्यका यस्ता कोषहरूले जलविद्युतमा लगानी बढाउन पर्ने र त्यसको सुनिश्चित प्राधिकरणले गर्ने घिसिङको भनाई छ ।
नेपालको बिजुलीको बजार झनै खुल्दै रहेकाले वर्षायामको बिजुलीले धेरै मूल्य पाउने घिसिङ बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण