एम्बाप्पेको दुई गोलमा उपाधि नजिक पीएसजी

पेरिस । किलियन एम्बाप्पेको दुई गोलको मद्दतले संघर्षरत अक्सेरमाथि जीत निकाल्दै पेरिस सेन्ट जर्मेन कीर्तिमानी ११ औँ लिग वानको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा पीएसजी २–१ गोलले विजयी बन्यो ।
साबिक विजेता पीएसजी दोस्रो स्थानमा लेन्सभन्दा ६ अङ्कले अघि रहेको छ । अब बाँकी दुई खेलबाट १ अंकमात्र बटुले टोलीले लिगको उपाधि जित्ने छ । पछिल्ला १० मध्ये आठ लिग उपाधि जितेको पीएसजीले गत सिजन मार्से र सेन्ट एटिनेको १०–१० वटा लिग उपाधिको कीर्तिमान बराबरी गरेको थियो ।
लिगको सर्वाधिक गोलकर्ता रहेका एम्बाप्पले खेलको छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । दुई मिनेटपछि उनले टोलीको अग्रता दोब्बर बनाए । २४ वर्षीय खेलाडीले यो सिजन ४० गोल गर्नुका साथे ९ वटा गोलको अवसर सिर्जना गरेका छन् । दोस्रो हाफमा लासिने सिनायोकोले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिपयुक्त जनशक्ति उत्पादन सरकारकाे प्राथमिकतामा : श्रममन्त्री
-
आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग