एम्बाप्पेको दुई गोलमा उपाधि नजिक पीएसजी
पेरिस । किलियन एम्बाप्पेको दुई गोलको मद्दतले संघर्षरत अक्सेरमाथि जीत निकाल्दै पेरिस सेन्ट जर्मेन कीर्तिमानी ११ औँ लिग वानको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा पीएसजी २–१ गोलले विजयी बन्यो ।
साबिक विजेता पीएसजी दोस्रो स्थानमा लेन्सभन्दा ६ अङ्कले अघि रहेको छ । अब बाँकी दुई खेलबाट १ अंकमात्र बटुले टोलीले लिगको उपाधि जित्ने छ । पछिल्ला १० मध्ये आठ लिग उपाधि जितेको पीएसजीले गत सिजन मार्से र सेन्ट एटिनेको १०–१० वटा लिग उपाधिको कीर्तिमान बराबरी गरेको थियो ।
लिगको सर्वाधिक गोलकर्ता रहेका एम्बाप्पले खेलको छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । दुई मिनेटपछि उनले टोलीको अग्रता दोब्बर बनाए । २४ वर्षीय खेलाडीले यो सिजन ४० गोल गर्नुका साथे ९ वटा गोलको अवसर सिर्जना गरेका छन् । दोस्रो हाफमा लासिने सिनायोकोले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण