बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बलात्कारपछि हत्या गरेर फरार २ जना १६ वर्षपछि पक्राउ

सोमबार, ०८ जेठ २०८०, ०८ : २७
सोमबार, ०८ जेठ २०८०

सुनसरी  । १६ वर्षअघि बलात्कारपछि हत्या गरेर फरार भएका दुईजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार  पछि  हत्या गरेर १६ वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभूमि गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो ।

जसअनुसार १० दिनको म्याद थप गरी उनीहरु माथी अनुसन्धान अगाडी बढाईएको मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने बितिक्कै दुवै जनाले आफूले गरेको सो अपराध स्विकार गरेका छन् ।  

गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थालेपछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवैजनाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप