मच्छिन्द्रनाथ, बाह्रमासे र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गराइयोस् : तोसिमा कार्की
सोमबार, ०८ जेठ २०८०, ११ : ३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले मच्छिन्द्रनाथको जात्रा, बाह्रमासे जात्रा र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरेकी छन् । संसदको नीति तथा कार्यक्रमको विषयमा टिप्पणी गर्दै कार्कीले ललितपुर कला संस्कृतिको धरोहर भए पनि राज्यको आँखा नपरेको बताइन् ।
‘ललितपुर सांस्कृतिक धरोहर भन्ने गरिए पनि राज्यको आँखा परेनछ । २०७२ सालको भूकम्पपछि पुनर्निर्माणकाे काम सकियो भनेर पुनर्निर्माण प्राधिकरण विघटन भइसक्यो’ कार्कीले भनिन्, ‘बुङमतीको रातो मछिन्द्रनाथ, खोकनाको रुद्रायणी मन्दिर ८ वर्षसम्म पुनर्निर्माण हुन सकेन । यो मन्दिरको पुनर्निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गर्न माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण