भुटानी शरणार्थी प्रकरणमा ओली र देउवालाई पनि बोलाएर अनुसन्धान गर्नुपर्छ : सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई बोलाएर अनुसन्धान गर्न माग गरेका छन् । सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममासंसदमा बोल्दै सुवालले ओली र देउवाको नाम उल्लेख नगरेपनि दुई पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गरिनुपर्ने माग गरेका हुन् ।
‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरुको काम जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्’ सुवालले भने, ‘यो प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनु पर्ने आवश्यकता छैन र ?’ सुवालले भने,‘ एक पूर्वप्रधानमन्त्री (केपी शर्मा
ओली) ले ४ सय जनालाई १० दश वर्षअघि भुटानी शरणार्थी बनाई अमेरिका छिराएको आफूसँग प्रमाण भएको सार्वजनिक रुपमा बताउनु भएको छ । यो विषय सरकारलाई थाहा छैन ?’ त्यस्तै अर्को प्रसंगमा उनल जापानमा राजवंशी कोटा खुल्यो भनेर ४ सय जनासँग ३ करोडभन्दा बढी ठगी गर्ने गिरोहमा मन्त्रीको समेत संलग्नता हुनसक्ने सुवालको आशंका व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण