आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्‍यो : अध्यक्ष तिमिल्सिना

सोमबार, ०८ जेठ २०८०, १३ : १३
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताएका छन् । आइतबार काठमाडौँमा भएको एका कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले कलाकारहरू राजनीतिक दलका संगठनहरुमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने बताए । उनले भने, ‘नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि लैजानुपर्छ । नेपालको आफ्नो बहुआयामिक पहिचानलाई कायम राख्दै फरक पहिचानका साथ विश्वमा नै नेपाली चलचित्रलाई स्थापित गराउन कलाकार, उद्यमी, पत्रकारहरूको आवश्यकता छ । यसले जीविकोपार्जन पनि हुन्छ सँगै यसले देशको ख्याति पनि अघि बढाउँछ । हामीले पहिचान दिन सक्नुपर्छ । राज्यको ध्यान पनि यस क्षेत्रमा जानुपर्छ । चलचित्र क्षेत्रमा त लाग्ने तर गाँस, बासको लागि नै समस्या छ भने किन लाग्ने ? यस कारण यस क्षेत्रबाट पनि देशलाई अघि बढाउन सकिन्छ भन्ने हिसाबमा हामी सबै जानुपर्छ । अहिले हरेक क्षेत्रमा राजनीति घुसेको छ, यो चलचित्र क्षेत्रमा राजनीति नघुसाई अघि बढाउनुपर्छ । त्यो भन्दा पृथक् ढंगबाट चलचित्र क्षेत्रलाई लैजान सक्नुभयो भने राम्रो होला, तर कलाकार सबै पार्टीका भातृ संस्थामा बाँडिन जानुभयो भने माया मान्ने धेरै हुँदैनन् । नियुक्तिका लागि पार्टीमा लाग्नुभयो भने कसैको पनि माया पाउनु हुन्न, सबैको माया पाउने संस्था बन्नसक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप