उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयले नागरिकमा उत्साह जगायो : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले उच्चपदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषयले सबै नागरिकमा उत्साह जगाएको बताएका छन् । संसदमा नीति तथा कार्यक्रमका विषयमा टिप्पणी गर्दै पौडेलले हरेक विषय पुरै गलत वा पुरै सही नहुने भन्दै सापेक्षतामा हेरिनुपर्ने बताए ।
‘नीति तथा कार्यक्रममा १८८ बुँदा समेटिएका छन् । भविष्यपरक र दृष्टिकोण प्रस्तुत भएको छ । सुधार गर्न अत्यन्तै कठोर प्रतिबद्धता छन्’ ,पौडेलले भने, ‘वर्षौंदेखि टुंग्नि नसकेर गिजोलिएको शान्ति प्रक्रिया २ वर्षमा टुंगो लगाउने अठोट गरिएको छ । भ्रष्टाचारविरुद्धको अभियान नै सञ्चालन गर्ने वाचा गरिएको छ । यसले नेपालमा अब केही हुन्छ कि भन्ने आशा जागृत गराएको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाही भएपछि ठूला भ्रष्टाचारीको फाइल खोल्ने उपयुक्त समय भएको पौडेलले बताए । यो बेला सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा कठोर भएमा कोसेढुंगा साबित हुने उनले बताए । सरकारी अस्पतालमा ओपिडी सेवा १२ घण्टा सञ्चालन गर्ने स्वागत कुरा भएको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण