व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीको व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वसँग सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले निर्वाधरुपमा पेसा व्यवसाय गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसको समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
उनले व्यवसायीको हितका लागि सरकारले सबै प्रकारका सहयोग गर्ने र सरकार निजी क्षेत्रसँग मिलेर काम गरिरहेको बताए ।
भेटका क्रममा महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले मागअनुसार कच्चा सुनको आपूर्ति नहुँदा व्यवसाय सञ्चालनमा कठीनाइ भएको बताए । उनले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति नियम निर्माण गरी बजारको माग अनुसार सुनको आपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
त्यसक्रममा महासङ्घको तर्फबाट निवर्तमान अध्यक्ष मोहनकुमार सुनार, विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्षहरु मोहनकाजी शाक्य, विपीन रामुदामु र महेन्द्र शाक्यको उपस्थिति थियो ।
यसअघि नै सरकारले महासङ्घलाई उद्योग वाणिज्य प्रवद्र्धन संवाद समितिको सदस्यको रूपमा समावेश गरको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयका कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
-
फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण