राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्छ : अध्यक्ष ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने उनले बताए ।
अध्यक्ष ओलीले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याए ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीहरुले अतिवादमा जानै नहुने पनि पटकपटक दोहो¥याए । मुलुकमा पनि साम्प्रदायिक विद्धेष फैंल्याउने षडयन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसबाट जोगिएर अघि बढ्नुपर्ने पनि बताए ।
ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेश गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादको पक्षमा लाग्न नहुने बताए ।
अध्यक्ष ओलीले नेपालीहरुबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव
-
स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
-
नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
-
सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण