७ वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा कम्पनीलाई पहिलो चरणमा धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । बोर्डले थप ब्रोकर लाइसेन्सका लागि आवेदन खुल्ला गरेकोमा पछिल्लो समय आवेदन परेका कूल ४५ कम्पनीहरु मध्येबाट पहिलो चरणमा ७ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो ।
सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । बोर्डका अनुसार ४५ आवेदन मध्ये ८ वटा कम्पनीले प्रक्रिया पुर्याएर लाइसेन्सका लागि अन्तिम स्वीकृति माग गरेका थिए । जसमध्ये ७ वटा कम्पनीलाई पहिलो चरणमा लाइसेन्स प्रदान गरिएको बोर्डले जनाएको छ ।
लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् । धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन दिएका थिए । जसमध्ये ४३ वटा कम्पनीलाई बोर्डले अनुमतिको आशयपत्र (एलओआई) प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
-
फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण