मण्डलामा ‘बुद्ध र भिखारी’ मञ्चन हुने
काठमाडौँ । थापागाँउस्थित मण्डला नाटक घरमा ज्येष्ठ १६ देखि ३२ गतेसम्म नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ ।
चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकलाई चेतन आङ्थुपोले नाट्य रूपान्तरण तथा अनुवाद गरेका हुन्, भने परिकल्पना तथा निर्देशन अनिल सुब्बाको रहेको थियो ।
नेपाली पौराणिक लोककथालाई नाट्यरुपान्तरण गरि ‘स्याडो प्ले’ मार्फत नाटक मञ्चन गरिने निर्देशक सुब्बा बताउँछन् । करिब १ घण्टाको अनुमानित समय राखिएको यश नाटक सोमबार बाहेक हरेक दिन बेलुका ५ बजेदेखि र अतिरिक्त शो शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ ।
नाटकमा वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा,गणेश ताण्डव, नवीन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगर, मोहन राईको अभिनय रहनेछ ।
आफ्नो झुपडीमा मुसाहरूले दिएको दुख बाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पलहरूलाई नाटकमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण