नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ : सांसद पाण्डे
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा जारी आर्थिक वर्ष २०८०–८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद पाण्डेले अहिलेको सरकारले भ्रष्टाचारको छानबिनलाई अगाडि बढाएको, कृषिलाई प्राथमिकता दिइ उत्पादनलाई बढाउने सम्भावना रहेको बताए ।
उनले पर्यटनको विकास र जनताका आकाङ्क्षालाई सम्बोधनका लागि नीति तथा कार्यक्रमले बाटो खोलेकाले आपसी छेडछाड नगरी कामका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले जनताको सङ्घर्ष र बलिदानबाट आएको सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने सोच नीति कार्यक्रममा रहेको र समाजवादको आधार निर्माण गर्ने आधार सिर्जना गरेको टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण