शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाइयो : मुख्यमन्त्री शाह

मङ्गलबार, ०९ जेठ २०८०, १३ : ५०
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुको व्यवहार गरेको आरोप लगाएका छन् । मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षु भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् । 

उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे। शाहले प्रदेश मातहतमा पर्ने राजश्व परिचालन देखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाधिकार जमाएको बताए। 

उनले भने, ‘केन्द्र सरकारले राजश्व सङ्कलनका क्षेत्रहरूमा बाँडफाँडमा एकाधिकार गर्‍यो । असमान वितरण प्रणाली लागू गर्‍यो। विकासलाई समतामूलक रूपमा गरेन । सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न पाएनन् । संवैधानिक रूपमा नभए पनि संघीय सरकारले विकास तथा अधिकारीको रूपमा दोस्रो दर्जाका नागरिकका रूपले हेरेको कारण गरिबी जनजीवन हेर्दा नागरिकले नरकीय जीवन बिताउनु पर्ने अवस्था अहिले पनि छ । प्रदेशभित्र रहेका राजश्वका स्रोतहरू केन्द्रले नियन्त्रणमा लिएको छ । भन्सारमा उठेका महसुलहरू केन्द्रमा नै आए अनुदान दिन्छौँ भन्ने केन्द्र सरकारले आधिपत्य कायम राख्न खोज्यो । वनका स्रोत केन्द्रले राखेको छ तर प्रदेश मातहतमा आइसकेका छन् । तर त्यसलाई केन्द्रले स्वीकार गर्न सकेको छैन । प्रदेश र संघीय सरकारबीच अधिकारको विषयमा लडाइ रहेको छ । प्रहरी समायोजन,कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरू केन्द्र सरकार प्रति उत्तरदायी छन् । प्रदेश सरकारलाई अधिकार दियौँ भनेर ललिपप खुवाए जस्तै छ । संघीय सरकार दाता प्रदेश सरकार भिक्षुक जस्तै भएको कारण संघीय सरकारलाई दबाब दिन थालिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप