‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
सारांश
- चर्चित गीतकार टेक तामाङको एकल साँझ असार १४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ।
- कार्यक्रममा तामाङका १७ वटा लोकप्रिय गीतहरू प्रस्तुत हुनेछन्, जसमा विभिन्न अग्रज र लोकप्रिय गायक/गायिकाहरूको आवाज रहनेछ।
- साँझको आयोजना गीतकार संघ नेपालले गरेको हो र यसले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
काठमाडौँ । चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ आयोजना हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आगामी असार १४ गते शनिबार साँझ आयोजना हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो ।
गीतकार तामाङको हालसम्म सयौँ गीतहरू रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछ । एकल साँझका लागि चयन भएका गीतहरू नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहूँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग लगायतलाई छन् ।
प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक गायिका देखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दिप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान डेबिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायतका स्वरमा उनका गीत गुन्जिने छन् ।
‘टेक तामाङ साङ्गीतिक साँझ –२०८२ ’ ले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकले जनाएको छ ।
विसं. २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील छन् । उनका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह–‘माटोको आवाज’, राष्ट्रिय भावधाराका गीतसंग्रह– ‘स्वदेश’, आधुनिक गीतसंग्रह – ‘जीवनसाथी’, आधुनिक गीतसंग्रह– ‘आमा’, आधुनिक गीतसंग्रह –‘नाता’, भजनसंग्रह –‘भक्तिसागर’, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह –‘नेपाल आमा’ जस्ता कृति सार्वजनिक भएका छन् भने थुप्रै पाण्डुलिपि आउने तयारीमा छन् । नेपाली साङ्गीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण