शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मानसरोवर पुग्यो माओवादी नेताहरूको टोली

मङ्गलबार, ०९ जेठ २०८०, १४ : ००
मङ्गलबार, ०९ जेठ २०८०

चीन । चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)को निमन्त्रणामा चीन आएका नेकपा माओवादी केन्द्रका नेताहरूले कैलाश मानसरोवरको भ्रमण गरेका छन्। माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा आएका २० सदस्यीय टोली पवित्र तीर्थस्थल मानसरोवर(कैलाश)को यात्रा पुरा गरी टोली मंगलबार तिब्बतको राजधानी ह्लासा आइपुगेको हो । 

mmexport1684827810314

कोभिड महामारीपछि बन्द भएको कैलाश यात्रा गत मे महिनादेखि मात्र सुरु भएको थियो । सनातनीहरूको लागि जीवनमा एक पटक पुग्नै पर्ने कैलाशलाई भगवान् शिवको मूल घर भएको स्थान मानिन्छ । महामारीपछि कैलाश यात्रा गर्ने नेपालको यो उच्चस्तरीय राजनीतिक टोली भएको छ ।  चीन सरकारले कैलाश यात्रा खुल्ला गरेपछि नेपाली सनातनी तीर्थयात्रीहरू कैलाश यात्रा सुरु गरेका छन् । नेपाल बाहेक अन्य देशका हिन्दुहरूका लागि चीनले यात्राको लागि खुल्ला गरेको छैन।

mmexport1684827817545

चीनले महामारीपछि नेपालका राजनीतिक दलका नेताहरूलाई मानसरोवर यात्रा भ्रमण गराएर यात्रा खुल्ला भएको सन्देश दिन खोजेको छ ।  गत शुक्रबार नेपालबाट सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै टोली ल्हासा पुगेको थियो । 

mmexport1684827837216

ल्हासामा नेपाली राजनीतिक टोलीलाई चिनियाँ कम्युनिस्ट पार्टी(सिपीसी)को तिब्बतस्थित पार्टीको सचिव एवं सेक्रेटरी वाङ चङ चले उपाध्यक्ष सापकोटाको नेतृत्वको नेपाली टोलीहरूलाई स्वागत गर्दै रात्रि भोजको आयोजना गरेका थिए । त्यसपछि टोलीले ल्हासामा रहेका दुई वटा नमुना गाउँको भ्रमण गरेका छ । 

mmexport1684827874962

सीपीसीको नेतृत्वमा गरिबीबाट कसरी मुक्त गरिएको विकास मोडल देखाउनका लागि दुई वटा गाउँ छनोट गरिएको थियो । तिब्बतस्थित छाइद, र सिद दुई गाउँमा स्थापना गरिएको उद्योग र रोजगारीका नमुनाहरूको बारेमा नेपाली टोलीलाई जानकारी गराइएको भ्रमण दलमा सहभागी माओवादी केन्द्रका विद्यार्थी नेता जीपी मैनालीले रातोपाटीलाई जानकारी दिए । 

मंगलबार तिब्बत पुगेपछि कम्युनिस्ट पार्टीको मार्क्सवादी विद्यालयमा सीपीसीले तिब्बतमा गरिबी निवारणका लागि गरिएका कार्ययोजना बारे नेपाली टोलीलाई जानकारी दिने कार्यक्रम रहेको छ । 

mmexport1684827864582

टोली चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच दुई देशका अनुभवलाई आदान प्रदानका गर्ने उद्देश्यका साथ चीन भ्रमणमा आएको बताइएको छ । कोभिड महामारीपछि नेपालबाट चीन भ्रमणमा आएको सबैभन्दा ठूलो राजनीतिक टोली हो ।  नेपाली टोलीमा उपाध्यक्ष सापकोटा सहित, पार्टीका सचिव डिलाराम आचार्य, गणेश शाह, प्रदेश अध्यक्ष, जनवर्गीय संगठनका नेताहरू २० जना सहभागी छन् ।   टोली तिब्बतबाट राजधानी बेइजिङतिर जानेछ । 

गत महिना चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा नेकपा एमाले नेता विष्णु रिजाल र माओवादी केन्द्रका नेता राम कार्कीमात्र कम्युनिस्ट पार्टीको निमन्त्रणमा चीनको राजधानी बेइजिङ आएका थिए। उनीहरू १५ दिन चीनमा बसेको थिए । 

mmexport1684827846127

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप