बागमती प्रदेश सरकार व्यापारीहरुको प्रभावमा पर्यो : प्रमुख सचेतक पौडेल
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सरकार सीमित व्यापारीहरुको प्रभावमा परेको बताएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकार केही व्यापारीको प्रभावमा परेर व्यापारी र बिचौलिया पोस्न सक्रिय रहेको आरोप लगाएका हुन् ।
सरकारले ध्यान जनताको कामलाई बेवास्ता गरेको उनको भनाई छ । उनले व्यापारीको कालो धन सेतो बनाउनेतर्फ सरकारले महत्त्व दिएको आरोप लगाएका हुन् । प्रदेश सरकारले ल्याएको चिठ्ठा विधेयकले व्यापारीहरूको कालो धनलाई सेतो बनाउने दाबी गरे ।
‘सरकार केही व्यापारीको प्रभावमा परेको छ । किन पर्दैछ । सरकारको ध्यान जनताको समस्यामा भन्दा पनि व्यापारी पोस्नमा छ । सरकारको ध्यान आर्थिक संकटलाई सुधार गर्न, महँगी नियन्त्रणमा छैन । सरकारको ध्यान कालो धनलाई सेतो बनाउन चिठ्ठा खेलाउनमा छ । किन ?,’ उनले प्रश्न गरे ।
सरकारले २०४६ साल पछिका सबै भ्रष्टाचारका केशहरुमा छानबिन गर्नुपर्ने उनले धारणा व्यक्त गरे । एमाले उक्त काममा सघाउन तयार रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण