शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बोआओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन : प्रधानमन्त्री

मङ्गलबार, ०९ जेठ २०८०, १६ : २६
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनमा भएको बोआओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पारेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले चीनमा भएको बोआओ फोरममा चिनियाँ राजदूतले नै देशको अप्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताएका हुन् । 

उनले भने,‘उत्तर—दक्षिण भ्रमणको कुरा ल्याउनुभयो, यसमा हाम्रो कुनै संवैधानिक बाध्यता छैन । प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्ने कुरा त्यस्तो केही बाध्यता छैन । समय, परिस्थिति अनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठुलो प्रमाण म आफैँ हो । म पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरबाट गरेको थिएँ । तर हाम्रो भूगोल, हाम्रो अर्थतन्त्र, हाम्रो खुला सिमाना, हाम्रा सबै खालका जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता थाहा छ, अहिले उत्तरले बोआओ फोरममा निम्ता गरेको पक्कै पनि हो । तर त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन । बरु चिनियाँ राजदूतले नै यहाँको दबाबलाई देखेपछि सरकारको अप्ठ्यारोलाई देखेर नै धन्यवाद दिएको हो चिनियाँ राजदूतलाई ।’ प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप