काभा भलिबल : समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ ।
अहिलेसम्म भारतलाई हराउन नसकेको नेपालले त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेबाट हुने खेलमा समूह विजेताका लागि कडा मेहनत गर्ने तयारीमा छ ।
यसअघि सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए । जुन खेलमा पहिलो दुई सेट जितेको नेपाल त्यसपछि लगातार तीन सेट गुमाएसँगै रजत पदकमा सीमित हुन परेको थियो । अहिले पुनः नेपाल भारतसँग भिड्नका लागि तयारी अवस्थामा रहेको हो ।
समूह ए मा रहेको भारत र नेपाल लगातार दुई जितसँगै सेमिफाइनल प्रवेश गरेका टोली हो । त्यसैले यी दुई टोली तेस्रो जितसहित समूह विजेता बन्ने लक्ष्यमा आज एक आपसमा प्रतिस्पर्धामा देखिने छन् ।
आजै हुने समूह बीको अर्को खेलमा काजकिस्तान र उज्बेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन । लगातार दुई जितपछि काजकिस्तान र उज्बेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका टोली हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण