नक्कली शरणार्थी प्रकरणमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्नेहरुमा प्रहरी प्रमुख समेत थपिएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै वाग्लेले ‘लङ आर्म अफ ल’ अर्थात कानुनको लामो हातबाट कोही भाग्न नसक्ने बताए ।
उनले भने–‘दण्डहीनताको यो निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौँ ।’
साथै उनले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ मा हावाहुरीका कारण जनधनको क्षति भएको बताउँदै राज्यबाट प्राप्त क्षतिपूर्ति अपर्याप्त रहेको बताए ।
उनले भने–‘ठुलो मात्रामा अन्नबाली पनि नष्ट भएको छ । यस्तो बेलामा कृषि र पशुबिमाको महत्त्व झल्कन्छ । यद्यपि बिमामा दिइने सरकारी अनुदान ह्वात्तै घटेको विरोधमा नेपाल विमक सङ्घले विगत ३ दिनदेखि सेवा ठप्प पारेको छ, सरकारको ध्यान जाओस ।’
यस्तै वाग्लेले वर्षा तथा विपतको पूर्व तयारी गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण