नक्कली शरणार्थी प्रकरणमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्नेहरुमा प्रहरी प्रमुख समेत थपिएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै वाग्लेले ‘लङ आर्म अफ ल’ अर्थात कानुनको लामो हातबाट कोही भाग्न नसक्ने बताए ।
उनले भने–‘दण्डहीनताको यो निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौँ ।’
साथै उनले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ मा हावाहुरीका कारण जनधनको क्षति भएको बताउँदै राज्यबाट प्राप्त क्षतिपूर्ति अपर्याप्त रहेको बताए ।
उनले भने–‘ठुलो मात्रामा अन्नबाली पनि नष्ट भएको छ । यस्तो बेलामा कृषि र पशुबिमाको महत्त्व झल्कन्छ । यद्यपि बिमामा दिइने सरकारी अनुदान ह्वात्तै घटेको विरोधमा नेपाल विमक सङ्घले विगत ३ दिनदेखि सेवा ठप्प पारेको छ, सरकारको ध्यान जाओस ।’
यस्तै वाग्लेले वर्षा तथा विपतको पूर्व तयारी गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको गुनासोपछि मन्त्रालय तानिए महोत्तरीका प्रजिअ कवारी
-
बैतडीको पाटनबाट दोस्रो चरणको जागरण अभियान सुरु गर्ने माओवादीको तयारी
-
निःशुल्क घोषणा गरिएको हेमोफिलियाको औषधि नेपाल आइपुग्यो
-
प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुँदै
-
मण्डला थिएटरमा ‘कथा-एक’ नाटक मञ्चन, तस्बिरहरू
-
धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर लाइनको शुभारम्भ